
काठमाडौं । काठमाडौंबाट फोहोर बोकेर बन्चरेडाँडा ल्याण्डफिल साइट पुगेका सबै गाडीहरुलाई स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुले बीच बाटोमै रोकिदिएका छन् ।
धादिङको धुनीबेंसी नगरपालिका वडा नम्बर १ का सत्ताधारी दलमा आवद्ध पार्टीहरुले विज्ञप्ती नै निकालेर फोहोर फाल्न नदिने भनेको भोलिपल्ट काठमाडौंबाट फोहोर बोकेर गएका गाडीहरु बीच बाटोमै रोकि दिएका हुन् ।
आइतबार सत्तारुढ तीन दलका स्थानीय नेताहरुले फोहोर खसाल्न नदिने घोषणा गरेकोमा नेकपा एमाले र राप्रपाले समेत सत्ताधारीहरुलाई साथ दिएका छन् ।
आज सोमबार बिहान काठमाडौंबाट फोहोर लिएर गएका कुनै पनि गाडीलाई फोहोर विसर्जन गर्न दिइएको छैन् ।
स्थानीय बासिन्दाले भने स्वार्थपूर्तिका लागि राजनीतिक दलहरुले फोहोर फाल्न अवरोध गरेको बताएका छन् । उनीहरुले स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुलाई समेत ल्याण्डफिल साइटमा प्रवेश गर्न रोकेका छन् ।
प्रतिक्रिया दिनुहोस्