Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


सहलेखापाल र मेडिकल सहायक घुससहित नियन्त्रणमा


0
Shares

काठमाडौं, भदौ १ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय ठूलोभर्‍याङ, स्वयम्भूमा कार्यरत् सहलेखापाल देवेन्द्र गोइत र मेडिकल सहायक नारायण श्रेष्ठलाई शुक्रबार घुससहित नियन्त्रणमा लिएको छ ।

ट्रायल परीक्षा उत्तीर्ण गरेका २६ परीक्षार्थीबाट राजश्व रकमबाहेक थप रकम घुसबापत लिएको सूचनाका आधारमा आयोगको टोलीले उनीहरुलाई रु १६ हजार घुसबापतको रकमसहित सहलेखापालको कार्यकक्षबाटै नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए । रासस