काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दीपेन्द्र सिंह ऐरीको टी–ट्वान्टी ब्याटिङ वरीयता सुधार भएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसिसी) ले अपडेट गरेको नयाँ वरीयतामा दीपेन्द्रको वरीयता एक स्थान सुधार भएको हो ।
दीपेन्द्र नयाँ वरीयताको ४३ औं स्थानमा उक्लिएका छन् । यस अघि उनी ४४ औं स्थानमा रहेका थिए । ब्याटिङतर्फ नेपालका कुशल भुर्तेल ४० औं स्थानमा यथावत छन् । आसिफ शेख एक स्थान तल झदै ९७ औं स्थानमा रहेका छन् ।
बलिङतर्फ नेपालका कप्तान सन्दीप लामिछाने ४१ औं स्थानमा रहेका छन् । बलिङमै अभिनाश बोहरा ९२ औं स्थानमा यथावत रहेका छन् । अलराउण्डरतर्फ दीपेन्द्र सिंह ऐरी ९ औं स्थानमा छन् ।








प्रतिक्रिया दिनुहोस्