४ असार २०८२, बुधबार | Wed Jun 18 2025


अवरुद्ध नारायणगढ– मुग्लिन सडक दुईतर्फी सञ्चालनमा


403
Shares

काठमाडौं । पहिरोको कारण अवरुद्ध हुंँदै आएको नारायणगढ–मुग्लिन सडक खण्ड दुईतर्फी सञ्चालनमा आएको छ ।

पहिरो पन्छाएपछि आज बिहान ९ बजेर १० मिनेटबाट दुईतर्फी बाटो सुचारु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

आज बुधबार बिहान साढे २ बजेतिर भरतपुर महानगरपालिका-२९ स्थित केराबारी मौरी खोला पुल नजिकै पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।

धेरै तछाडमछाड गरेर गाडी चलाउँदा फेरि जाम हुन सक्ने भएकाले लेन अनुशासन पालना गरिदिन ट्राफिक प्रहरीले आग्रह गरेको छ ।