
विराटनगर, भदौ १ । उच्च अदालत विराटनगरले साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा संलग्न तीनजना प्रतिवादीका विषयमा जिल्ला अदालत मोरङले गरेकै आदेश सदर गरेको छ ।
उच्च अदालतमा पुन्यप्रसाद लामा, समिर तोलाङे र राजनकुमारको मुद्दाको थुनछेक बहसमा प्राप्त प्रमाणको आधारमा बेरित नदेखिएकाले जिल्ला अदालतको आदेश परिवर्तन गर्न नपर्ने न्यायधीशहरुको संयुक्त इजालसले आदेश दिएको रजिष्ट्रार नारायणप्रसाद रेग्मीले जानकारी दिए ।
जिल्ला अदालतको आदेशपछि पुर्पक्षका लागि थुनामा रहेका उनीहरुले साधारण तारेखमा छाड्न माग गर्दै निवेदन दिएका थिए । उनीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारी हुन् । मूख्य न्यायधीश डा. कुलरत्न भुर्तेल र न्यायाधीश उमेशकुमार सिंहको संयुक्त इजालसले जिल्ला अदालतको आदेश सदर गरेको हो ।
प्रतिक्रिया दिनुहोस्