२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


ओम शान्ति योग साधना केन्द्रले मनायो १४औँ वार्षिकोत्सव


65
Shares

काठमाडौं । ओम शान्ति योग साधना केन्द्रले शनिबार योग कार्यक्रम गरेको छ ।

केन्द्रको १४औँ वार्षिकोत्सवको अवसरमा काठमाडौँको प्याफलमा आयोजित कार्यक्रमा योग गुरुहरुले शारीरिक एवं मानसिक रोगबाट बच्नका लागि योग साधना अपरिहार्य रहेको बताएका छन् ।

कार्यक्रकमा प्रमुख अतिथीति रघुवरभक्त मानन्धरले स्वस्थ जीवन जिउनका लागि योग गर्न सबैलाई आग्रह गर्नुभयो । उहाँले योगले शारीरिक र मानसिक तन्दुरुस्ती कायम गर्ने हुँदा नियमित रुपमा योग गर्नुपर्ने बताउनुभयो ।

केन्द्रले आगामी वर्षदेखि आँखादान सेवा सुरु गर्ने जनाएको छ । कार्यक्रममा केन्द्रमा कार्यरत तथा केन्द्रलाई विभिन्न सहयोग उपलब्ध गराउने व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।