 
	    अर्घाखाँची । जिल्लामा बाँदर धपाउने क्रममा लडेर घाइते भएका एक पुरुषको मृत्यु भएको छ ।
जिल्लाको छत्रदेव गाउँपालिका–४ का ३९ वर्षीय टंकप्रसाद खनालको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको वडाध्यक्ष भिमलाल खनालले जानकारी दिनुभयो ।
असार १९ गते दिउँसो करिव ३ बजेको समयमा मकै बारीमा आएको बाँदर धपाउने क्रममा भिरबाट लडेर टाउको र गोडामा गम्भीर चोट लागेका उनको टाउकाको शल्यक्रियासमेत गरिएको थियो ।
गाउँपालिकाका अधिकांश स्थानमा बाँदरले घर, खेतबारीमा प्रवेश गरी अन्नपात खानुका साथै नष्ट गर्दै आएको छ ।
बिहानदेखि साँझसम्म मकैबारीको सुरक्षामा लागि परे पनि बाँदरबाट मकै जोगाउन नसकिएको किसानको भनाइ छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्