 
	    काठमाडौं । युक्रेनले रुसले आक्रमण गरे यता २१ हजार भन्दा बढी युद्ध अपराधमाथि अनुसन्धान गरिरहेको जनाएको छ ।
युक्रेनका वकिल इरिका भेनेदिक्तोभाले आफूलाई प्रत्येक दिन २ देखि ३ सय वटा युद्ध अपराध सम्बन्धी उजुरी प्राप्त भैरहेको बताउँदै न्यायको लागि कानूनी कारबाही अघि बढाउनुपर्ने बताउनुभएको हो । उता रुसले भने कहिल्यै पनि सर्वसाधारणमाथि हमला नगरेको भन्दै युद्ध अपराध सम्बन्धी सम्पूर्ण आरोप अस्वीकार गरेको छ ।
भेनेदिक्तोभाले गत मे महिनामा नै करिब ६ सय जना सन्दिग्ध युद्ध अपराधीको पहिचान भइसकेको र ८० प्रतिशत कारबाही सुरु भइसकेको जानकारी पनि दिनुभएको छ । युक्रेनले रुसी फौजले केही समय कब्जा गरेको राजधानी किभ नजिकका बुचा, बारोद्यान्का र अन्य शहरहरुमा थुप्रै सामूहिक चिहान फेला परेको जनाएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्