Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


चट्याङ लागेर एक जनाको मृत्यु


0
Shares

सिन्धुली, बैशाख १९ । यहाँको हरिहरपुरगढी गाउँपालिकामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार वडा नं २ श्रीपुर बस्ने ३० वर्षीय पुरुषोत्तम राईको मृत्यु भएको हो ।

आफ्नै पानीघट्टमा बुबालाई खाना पुर्‍याएर फर्केने क्रममा पानीसँगै परेको चट्याङको तरङ्ग लागि घाइते भइ उपचारका लागि स्थानीय पोलिक्लिनिक झनझने लगिएकामा चिकित्सकले मृत घोषणा गरेको प्रहरी चौकी झनझनेका प्रहरी हबल्दार उमा घलानले जानकारी दिए । रासस 

Skip This