Logo १७ माघ २०८२, शनिबार | Sat Jan 31 2026


गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर


1.1k
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको ओमसतिया गाउँपालिकाका तत्कालीन प्रमुख प्रशाशकीय अधिकृतसहित ५ जना विरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको छ ।

अख्तियारले मंगलबार ओमसतिया गाउँपालिकाका तत्कालिन प्रमुख प्रशाकीय अधिकृत राजु नेपाल, इन्जिनियर लवकुश चाई, सव इन्जिनियर सन्तोष भुसाल, उपभोक्ता समितिका अध्यक्ष गजराज यादव र सचिव धर्मराज खरविन्द विरुद्ध सडक पी.सी.सी. निर्माण गर्दा सम्झौता अनुसार काम नगरी रकम हिनामिना गरेको आरोपमा मुद्धा दर्ता गरेको हो ।

आयोगले ओमसतिया गाउँपालिका वडा नं. ४ मटेरिया गाउँको मुख्य सडक पी.सी.सी. गर्दा लागत अनुसारको मोटाइको ढलान नगरी बिल पेश गर्दा फिल्डमा भएको भन्दा समग्र पी.सी.सी. परिमाणमा बढी उल्लेख गरि सरकारी रकम हिनामिना गरेको भन्दै गाउँपालिकाका तत्कालिन प्रमुख प्रशाशकीय अधिकृत नेपाल, इन्जिनियर चाई र सब इञ्जिनियर भुसाललाई २ लाख ६१ हजार ८ सय ५५ रुपैयाँ बिगो दाबी गर्दै आरोपपत्र दायर गरेको हो ।

यसैगरी सडक ढलान गर्ने उपभोक्ता समितिका अध्यक्ष यादव र सचिव खरविन्दलाई फिल्डमा भएको कम कामको बढी मूल्याङ्कन गराइ सम्झौता विपरीत कार्य गरी भुक्तानी लिएको भन्दै दुई लाख एकसठ्ठी हजार आठ सय पचपन्न रुपैयाँ मागदाबी लिइएको छ ।