
काठमाडौं । एसिसी महिला टी–ट्वान्टी च्याम्पियनसिप क्रिकेटको सेमिफाइनल खेलहरु आज शुक्रबारबाट हुँदैछन् ।
मलेसियामा जारी प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा नेपालले युएईसँग खेल्दैछ । मलेसियाको किनरारा ओभलमा नेपाल र युएईबीचको खेल बिहान सवा ८ बजे सुरु हुनेछ ।
नेपालले युएईलाई हराउन सके एसिया कपको लागि छनोट हुनेछ । एसिया कपमा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र थाईल्यान्ड रहेका छन् ।
नेपाल समूह ‘बी’ को उपविजेता तथा युएई समूह ‘ए’ को विजेताको रुपमा सेमिफाइनलमा प्रतिस्पर्धा गर्न लागेका हुन् ।
समुह चरणको खेलमा नेपाल हङकङसँग ७ विकेटले पराजित हुँदा युएई अपराजि टोली हो । पछिल्लो समय युएई महिला टोलीले उत्कृष्ट प्रदर्शन गर्दै आएको छ ।
अर्को सेमिफाइनलमा हङकङ र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ ।
च्याम्पियनसिपको फाइनल शनिबार हुनेछ ।
प्रतिक्रिया दिनुहोस्