३१ बैशाख २०८२, बुधबार | Wed May 14 2025


सेनाले कोरोनाका लागि गरेको कार्य विवरण सार्वजनिक


0
Shares

काठमाडौं, बैशाख १५ । नेपाली सेनाले छाउनीस्थित कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टरले हालसम्म गरेको कार्य विवरण सार्वजनिक गरेको छ ।

छाउनीमा आयोजित पत्रकार सम्मेलनमा नेपाली सेनाले सरकारको निर्देशन बमोजिम जीटुजीबाट औषधी उपकरण तथा अन्य सामग्री खरिद गर्न गत वैशाख ७ गते चाइना सिनोफार्म इन्टरनेशनल कर्पोरेशनसंग २ करोड ८४ लाख ४१ हजार ७ सय रुपैयाँ बराबरको ३ सय ४२ टन स्वास्थ्य सामग्री खरिद सम्झौता भइसकेको जनाएको छ ।

सेनाले कोरोना संक्रमित नियन्त्रण तथा रोकथामका लागि देशभर ३९ हजार ८ सय २४ क्वारेन्टाइन बेड र ३ हजार २७ वटा आइसोलेशन बेडको ब्यबस्था गरेको समेत जनाएको छ ।

यस्तै महामारी नियन्त्रण तथा रोकथाममा ७ हजार ८ सय ८६ सेना,४२ हजार १२ जना प्रहरी, सशस्त्र प्रहरीबलका ३१ हजार १ सय ५५ र राष्ट्रिय अनुसन्धान विभागबाट १ हजार ९ सय ९७ जना गरी कूल ८२ हजार ६ सय ५० सृुरक्षाकर्मी खटिएको जनाइएको छ ।

सेन्टरले स्वास्थ्य सेवा तथा उपचार, आपूर्ति व्यवस्था सहजीकरण, सूचना प्रविधी कार्य लगायत ४ वटा क्लस्टर बनाई कोरोना संक्रमण नियन्त्रणका लागि प्रभावकारी रुपमा कार्यहरु गरिरहेको छ । रासस