
काठमाडौं, बैशाख १४ । काठमाडौंको ठमेलमा ज्याला मजदुरी गर्ने रिक्साचालक भोकमरीमा परेपछि स्थानीयहरुले राहत वितरण गरेका छन् ।
कोरोना भाइरसका कारण पर्यटकीय स्थल ठमेल बन्द भए पछि पर्यटकका सामान ओसारपसार गरेर गुजारा गर्ने रिक्साचालकहरु भोकमरीमा परेका हुन् ।
ठमेलमा रिक्सा चलाएर गुजारा गर्ने झण्डै एकसय रिक्साचालकहरुलाई पर्यटन ब्यवसायी बिश्व पुरी र समाजसेवी राजु गुरुङले राहत प्रदान गरेका छन् ।
उनीहरुलाई खाद्यान्नसहित सुरक्षा सामाग्री प्रदान गरीएको हो । लकडाउनले आम्दानीको बाटो बन्द भएपछि रिक्सा चालक भोकभोकै रात कटाउदै आएका छन् ।
पसलेले उधारोमा खाद्यान्न नदिएपछि ग्यारेजमा भोकै सुत्नु परेको उनीहरुको गुनासो छ । लकडाउन लम्बिदै जादा अति गरिब, विपन्न तथा मजदुरहरु समस्यामा परेकाछन् ।
प्रतिक्रिया दिनुहोस्