
दिपक श्रेष्ठ र सुन्दर गुरुङ (ईमेज)
काठमाडौं, बैशाख १४ । लकडाउनको समयमा अश्लिल साइटहरु हेर्नेको संख्या बढेको एक अध्ययनले देखाएको छ । चाइल्ड सेफ नेटले १२ सय ४८ जनामा गरेको अध्ययन अनुसार ४१ दशमलव ७ प्रतिशतले अश्लिल साइट हेर्ने गरेको प्रतिक्रिया दिएका छन् ।
सरकारले अश्लिल साइटमाथि प्रतिबन्ध लगाए पनि विभिन्न वैकल्पिक माध्यमबाट यस्ता साइट हेर्नेहरु बढेका हुन् । अश्लिल साइट हेर्नेहरुमा झण्डै ४९ प्रतिशत १८ देखि २४ वर्ष उमेर समूहका भएको अनुसन्धानले देखाएको छ ।
लकडाउनमा १ घण्टा भन्दा कम समय इन्टरनेट प्रयोग गर्नेको संख्या १.३८ प्रतिशत रहेको छ । भने ८.६३ प्रतिशत मानिसले दैनिक १२ घण्टा भन्दा बढी इन्टरनेट प्रयोग गर्ने गरेको सर्वेक्षणमा देखिएको छ ।
जबकि लकडाउन अघि ७.९८ प्रतिशत मानिसले दैनिक १ घण्टा भन्दा कम तथा २.२८ प्रतिशत मानिसले दैनिक १२ घण्टा भन्दा बढी इन्टरनेट प्रयोग गर्ने गरेका थिए ।
यस सर्वेक्षणमा ८७.१ प्रतिशत मानिसले मोबाइल फोनबाट, १०.६ प्रतिशतले कम्प्युटर तथा २.३ प्रतिशत मानिसले ट्याबलेडबाट इन्टरनेट प्रयोग गर्ने गरेको देखिएको छ । अश्लिल साइट हेर्दा बालबालिकामाथि अनलाइन दुव्र्यवहार तथा शोषणको जोखिम बढेको चाइल्ड सेफ नेटका अध्यक्ष अनिल रघुबंशीको भनाइ छ ।
यस्तै ७४ प्रतिशतले मनोरञ्जनको लागि इन्टरनेट प्रयोग गरेका छन् । जसमध्ये सबैभन्दा धेरैले युट्युब, फेसबुक, भाइबर, टिकटक, व्हाट्सएप , इन्स्टाग्राम , ट्विटर चलाउँछन्
प्रतिक्रिया दिनुहोस्