३१ बैशाख २०८२, बुधबार | Wed May 14 2025


हिमानी ट्रस्टबाट स्वास्थ्य सामग्री सहयोग


0
Shares

काठमाडौं, बैशाख १४ । कोरोना भाइरसको संक्रमणबाट बच्न हिमानी ट्रस्टले विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

कोषले उपचारमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै काठमाडौं मेडिकल कलेल सिनामंगललाई पाँच सय थान पिपीइ, विभिन्न प्रकारका मास्कलगायतका स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

कोषले विभिन्न संघ संस्थाहरुलाई पनि मास्क, स्यानिटाइजरलगायत सहयोग गर्दै आएको छ । कोषले यसअघि नै सरकारले स्थापना गरेको कोरोना राहत कोषमा दुई करोड रुपैयाँ प्रदान गरिसकेको छ ।