Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


अफ्रिकामा विद्रोही समूहकाे आक्रमणमा परी १३२ जना सर्वसाधारणको मृत्यु


130
Shares

काठमाडौं । अफ्रिकी मुलुक मालीमा सशस्त्र बिद्रोही समूहले गरेका आक्रमणमा १ सय बढी सर्वसाधारणको मृत्यु भएको छ ।

मालीमा पछिल्लो समय सक्रिय रहेको कातिवा मासिना बिद्रोही समूहले मोप्ति प्रान्तको तीन वटा गाउँमा एकसाथ आक्रमण गरेको हाे। आक्रमणमा कम्तिका १३२ जना सर्वसाधारणकाे मृत्यु भएको सरकारी दावी छ। हतियारधारी समूहले अन्धाधुन्ध गोली प्रहार गर्दा साेही गाउँका सर्वसाधारणमा कोलाहल मच्चिएको छ ।

आतंकवादी समूह अलकायदासंग सम्बद्ध सो बिद्रोही समूहले मालीमा आतंकवादी गतिविधि गर्दै आएको छ । माली आर्थिक संकटको चपेटामा परेकै बेला गरिएको यस्ता आक्रमणले देश झन् असुरक्षाको चपेटामा परेकाे छ।

Skip This