
चितवन, साउन २९ । जिल्ला प्रहरी कार्यालय चितवनले जिल्लाका विभिन्न स्थानबाट १२ जनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरी प्रमुख सुशीलसिंह राठौरकाअनुसार सोमबार मध्यराति १२ बजेदेखि मंगलबार बिहान ४ बजेको बीचमा शंकास्पद गतिविधिमा संलग्न उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।
प्रहरीले केही व्यक्तिलाई ढुंगा र लाइटरसहित समातेको राठौरले बताए ।
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मंगलबार आह्वान गरेको बन्दमा अप्रिय घटना हुन नदिन प्रहरीले सुरक्षा चेकजाँचलाई कडा पारेको उनले बताए ।
जिल्लाका मुख्य नाकाहरुमा प्रहरी परिचालन गरी कडाइका साथ चेकजाँचका साथै निगरानी गरिएको प्रमुख राठौरको भनाइ छ ।
सो पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको विरोधमा मंगलबार नेपाल बन्द आह्वान गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्