२३ श्रावण २०८२, शुक्रबार | Fri Aug 8 2025


उदयपुरमा मस्जिद आसपासबाट ७८ जनाको स्वाब संकलन


0
Shares

उदयपुर, वैशाख ११ । उदयपुरमा कोरोना संक्रमणको आशंकामा बिहीबार ७८ जनाको स्वाब संकलन गरिएको छ ।

चौदण्डीगढी नगरपालिकास्थित शिवाइ मस्जिद र त्रियुगा नगरपालिका–२ स्थित मोथिहाइ मस्जिद आसपासका मुस्लिम समुदायको स्वाब संकलन गरिएको हो ।

जनस्वास्थ्य प्रयोगशाला प्रदेश नम्बर–१ को टोलीले ‘पीसीआर टेस्ट’का लागि नमुना स्वाब संकलन गरेको हो ।

कोरोना संक्रमण भएका छजना भारतीय चार दिन शिवाइ मस्जिदमा बसेको पाइएकाले ५८ जनाको स्वाब संकलन गरिएको हो ।

त्यस्तै, उनीहरु त्रियुगा नगरपालिका–२ को मोथिहाइ मस्जिदमा समेत एक दिन बसेकाले मस्जिदनिकट बस्तीका २० जनाको स्वाब संकलन गरिएको हो ।

संकलित नमुनाको रिपोर्ट शनिबारसम्ममा आउने स्वास्थ्य टोलीले जनाएको छ ।

उदयपुरमा ३१ जनामा कोरोना ‘पोजिटिभ’ देखिएको छ भने सबैको विराटनगरस्थित कोरोना विशेष अस्पतालमा उपचार भइरहेको छ ।