२३ श्रावण २०८२, शुक्रबार | Fri Aug 8 2025


७९ वर्षीय वृद्धको दुईपटकसम्म ‘आरडीटी’मा ‘पोजिटिभ’ तर ‘पीसीआर’मा कोरोना ‘नेगेटिभ’


0
Shares

परासी, वैशाख १० । पश्चिम नवलपरासीमा ‘र्‍यापिड डायग्नोस्टिक’ परीक्षणमा ‘पोजिटिभ’ देखिएका ७९ वर्षीय वृद्धको ‘पीसीआर’ परीक्षण ‘रिपोर्ट नेगेटिभ’ आएको छ ।

पश्चिम नवलरासीको बर्दघाट नगरपालिका–४ का वृद्धलाई चिसापानी अस्पतालमा दुईपटकसम्म गरिएको ‘आरडीटी’मा कोरोना पोजिटिभ देखिएको थियो ।

त्यसपछि उनको स्वाबको नमुना भैरहवास्थित जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।

दुईपटकसम्म गरिएको पीसीआर टेस्टमा उनलाई कोरोना संक्रमण नभएको पृथ्वीचन्द्र जिल्ला अस्पताल परासीका मेडिकल सुपरिटेन्डेन्ट डा. मोहम्मद नुरुल होदाले जानकारी दिए ।

कोरोना परीक्षण नेगेटिभ आएपछि बुधबार उनलाई घर पठाइएको छ ।

जिल्लामा बुधबारसम्म १४३ जनाको र्‍यापिड टेस्ट गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको जनाइएको छ ।