२३ श्रावण २०८२, शुक्रबार | Fri Aug 8 2025


म्याग्दीमा डेंगु


0
Shares

म्याग्दी, वैशाख १० । म्याग्दीमा डेंगु र स्क्रब टाइफसको संक्रमित बिरामी देखिएका छन् ।

उच्च ज्वरो आउने, जाडो हुने र जोर्नी दुख्न थालेपछि चेकजाँच गर्नेक्रममा यहाँका एक युवामा डेंगु संक्रमण भेटिएको बेनी अस्पतालले जनाएको छ ।

मंगला गाउँपालिका–५, अर्मनका ३२ वर्षीय युवामा परीक्षण गर्दा डेंगुरोग र स्क्रब टाइफसको संक्रमण ‘पोजिटिभ’ देखिएको बेनी अस्पतालका मेडिकल अधिकृत डा. अजय गौतमले जानकारी दिए ।

ती युवाको अहिले उपचार भइरहेको छ ।

गर्मी बढ्दै जाँदा म्याग्दीमा डेंगुको पहिलो बिरामी भेटिएको हो ।

गत वर्ष म्याग्दीमा १२ जनामा डेंगुरोग तथा एक महिलामा स्क्रब टाइफसको संक्रमण भएको थियो ।