 
	    स्याङ्जा । स्याङ्जा सदरमुकाम पुतलीबजार नगरपालिका-१ बाट लागूऔषधसहित पोखराका एक जना युवक पक्राउ परेका छन् ।
कास्की जिल्लाकाे पोखरा महानगरपालिका-१७ छोरेपाटन बस्ने ३२ वर्षका विजय परियार लागू औषधसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक रविन्द्र खनालले जानकारी दिनुभएकाे हाे ।
पुतलीबजार नगरपालिका-१ तीनधारेस्थित सुनौलीदेखि पोखरातर्फ आउँदै गरेको लु १ ख ९०७७ नम्बरको बस चेकजाँच गर्ने क्रममा बसमा सवार परियार पक्राउ परेका उहाँले बताउनुभएकाे छ । उनको साथबाट लागूऔषध डाईजेपाम ४५ एम्पुल, नुर्फिन ४५ एम्पुल, फेनरागन ४५ बरामद गरिएको प्रहरी नायव उपरीक्षक रविन्द्र खनालकाे भनाइ छ ।
विजय परियारलाई नियन्त्रणमा लिई थप आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्