४ असार २०८२, बुधबार | Thu Jun 19 2025


एसियन कप छनोटमा नेपाल र कुवेत भिड्दै

'नेपाल जितको खोजीमा'

273
Shares

काठमाडौं । एएफसी एसियन कप छनोटको तेस्रो चरण अन्तर्गत नेपालले शनिबार आयोजक टोली कुवेतविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

कुवेतको जाबिर अल अहमद स्टेडियममा नेपालले दोस्रो खेलको रुपमा घरेलु टोलीको सामना गर्नेछ ।

नेपाल र कुवेतबीचको खेल नेपाली समय अनुसार राति १० बजे सुरु हुनेछ ।

बलियो टिम कुवेतविरुद्ध नेपाल उत्कृष्ट प्रदर्शन गर्ने योजनासहित मैदान उत्रनेछ । नेपाल पहिलो जितको खोजीमा समेत रहेको छ । बुधबार भएको पहिलो खेलमा नेपाल जोर्डनसँग २–० ले पराजित भएको थियो ।

आयोजक कुवेत पनि पहिलो जित निकाल्ने योजनामा रहेको छ । पहिलो खेलमा कुवेतलाई इन्डोनेसियाले हराएको थियो ।

छनोटको समूह ‘ए’ मा रहेको नेपाल अंक विहीन रहँदै पुछारमा रहेको छ । कुवेत पनि अंक विहीन रहदै तेस्रो स्थानमा रहेको छ । जोर्डन शीर्ष र इन्डोनेसिया दोस्रो स्थानमा रहेको छ ।

छनोट अन्तर्गत नेपालले अन्तिम खेल ३१ जेठमा इन्डोनेसियासँग खेल्नेछ । समूहको शीर्ष टोलीले एसियन कपमा स्थान बनाउने छन् । यस्तै, उत्कृष्ट हुने दोस्रो टोलीले समेत एसियन कप खेल्नेछ ।