Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


पार्टीमा फर्कने कार्यकर्तालाई प्रवेश गर्न राेक छैन्: अध्यक्ष ओली


715
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा फर्कने कार्यकर्ताहरूलाई पार्टी प्रवेशमा रोक नभएकाे बताउनुभएकाे छ।

आज (शुक्रबार) विराटनगरमा पत्रकारसँगको कुराकानीमा उहाँले यस्ताे बताउनुभएकाे हाे। तर नेकपा एमाले छाेडेर गएकाहरूलाई पार्टीमा स्वागत गर्ने चलन भने नभएकाे उहाँकाे भनाइ छ। आगामी संसदीय निर्वाचनमा अन्य कुनै वामपन्थी पार्टीसँग गठबन्धन नहुने समेत उहाँले बताउनुभयाे।

मुलुकमा नेकपा एमाले मात्र वामपन्थी पार्टी भएकाे बताउदै अन्य पार्टीहरू वामपन्थी नभएको समेत उहाँले दावी गर्नुभएकाे छ। उहाँले आफूले अन्य पार्टीका नेतालाई प्रधानमन्त्री बनाउने सम्बन्धमा कुनै आश्वासन नदिएको समेत बताउनुभएको छ।स्थानीय तहकाे निर्वाचनले सबै निर्वाचनको स्थिति तय नगर्ने पनि उहाँकाे तर्क छ।

सिट सङ्ख्याका हिसाबले केही कम आएर एमाले दोस्रो भएपनि लोकप्रिय मतका हिसाबले पार्टी पहिलो भएको उहाँकाे दावी छ।