बागलुङ, वैशाख ८ । जिल्ला प्रहरी कार्यालय बागलुङले उद्धार गरेका ५८ जना मजदुरहरुको कोरोना परीक्षण गरिएको छ ।
‘लकडाउन’का कारण अलपत्र परेका उनीहरुको सोमबार ‘र्यापिड टेस्ट’ गरिएको हो ।
टेस्ट गरिएकामध्ये सबैको ‘रिपोर्ट नेगेटिभ’ आएको बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिए ।
उनीहरु अधिकांश रोल्पा र रुकुमको रहेको उनले जानकारी दिए ।
मजदुरहरुलाई आश्रयस्थल र बागलुङ नगरपालिकाले निर्माण गरेको ‘क्वारेन्टाइन’मा राखिएको छ । उनीहरुलाई बागलुङ नगरपालिकाले खाने बस्ने व्यवस्था गरेको छ ।








प्रतिक्रिया दिनुहोस्