Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


मृतक बेहनाको ‘कोरोना रिपोर्ट नेगेटिभ’


0
Shares

कोहलपुर, वैशाख ८ । शिक्षण अस्पताल नेपालगन्जको ‘आइसोलेसन’मा उपचारका क्रममा मृत्यु भएका बिरामीको ‘कोरोना रिपोर्ट नेगेटिभ’ आएको छ ।

रुघाखोकी र दमबाट ग्रसित बर्दिया, गुलरियाका इसराइल बेहनाकोे स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको अस्पतालका प्रमुख डा. प्रकाश थापाले जानकारी दिए ।

बेहनाको आइसोलेसन वार्डमा उपचारका क्रममा गत शनिबार मृत्यु भएको थियो । रासस