Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


वेल्स फिफा विश्वकप फुटबलकाे छनौटमा


377
Shares

काठमाडौं । युक्रेनलाई हराउदै वेल्स फिफा विश्वकप फुटबल प्रतियोगितामा छानिएको छ।

आइतबार राति भएको अन्तिम प्ले अफ् खेलमा युक्रेन १–० ले पराजित भएकाे हाे। खेलको ३४ औं मिनेटमा युक्रेनका यार्मोलेन्कोले गरेको आत्मघाती गोल वेल्सलाई विश्वकपमा पुर्याउन प्रयाप्त बन्यो। यो जितसँगै वेल्स कतार विश्वकपको लागि छनौट हुने ३० औं टोली बनेको हाे।

अब महादेशीय प्ले अफ् खेलबाट थप दुई टोली विश्वकपमा छनौट हुन बाँकी छ। सन् १९५८ मा अन्तिम पटक विश्वकप खेलेको वेल्स ६४ वर्षको लामो पर्खाइपछि विश्वकप फुटबलमा फर्किएको हो।

विश्वकपको समूह ‘बि’ मा रहेको वेल्सले लिग चरणमा इंग्ल्याण्ड, इरान र अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ ।