
काठमाडौं, बैशाख ७ । विभिन्न देशबाट आएका ४८ जनाको काठमाडौं महानगरपालिका वडा नं. ४ चण्डोलमा र्यापिड टेस्ट गरिएको छ ।
गत चैतमा भारत, अमेरिका, अष्ट्रेलियालगायतका मुलुकबाट भित्रिएका २८ पुरुष र २० महिलाको परीक्षण गरिएको हो ।
वडा नं. ४ मा सेल्फ क्वारेन्टाइनमा बस्दै आएका उनीहरुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग, टेकु अस्पतालका स्वास्थ्यकर्मीहरुले टोलीले आरडिटि परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटेभि आएको वडा अध्यक्ष मोहन विष्टले बताए ।
प्रतिक्रिया दिनुहोस्