
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालद्वारा ओपन नलेज नेपालका किशोरी प्रोजेक्टलाई सहयोगार्थ ३० लाख रुपैयाँ (अमेरिकी डलर २५,०००)सहयोग प्रदान गरिएको छ ।
काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच सहायता रकम बैंकका कर्पोरेट अफेयर्स, ब्राण्ड एवं मार्केटिङ्ग प्रमुख प्रनु सिंहले ओपन नलेज नेपालका प्रमुख कार्यकारी अधिकृत निकेश बलामीलाई हस्तान्तरण गर्नुभएको थियो ।
किशोरी प्रोजेक्टले किशोरावस्थाका युवतीहरुलाई आधारभूत, वित्तीय, डिजिटल र जीवनोपयोगी सीपहरुबाट प्रोत्साहित, सशक्त एवं सुसज्जित गर्ने लक्ष्य राखेको छ । परियोजना ७ वटै प्रदेशहरुका १० सामुदायिक कलेजहरुमा १ सय भन्दा बढी उच्च शिक्षा अध्ययन गरिरहेका युवतीहरुका लागि लक्षित रहनेछ । यसको कार्यान्वयन पक्ष भने शेक्वेल फाउण्डेसनले जिम्मा लिएको छ । यो परियोजना बृहत् आर्थिक समावेशीकरणलाई प्रवद्र्धन गर्दै असमानताको सम्बोधनका लागि बैंकको विश्वव्यापी पहल “फ्यूचर्समेकर्स बाई स्ट्याण्डर्ड चार्टर्ड” सँग मिल्दोजुल्दो रहेको बैंकले जनाएको छ ।
रकम हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै बैंकका कर्पोरेट अफेयर्स, ब्राण्ड एवं मार्केटिङ्ग प्रमुख सिंहले ओपन नलेज संस्थासँग सहकार्य गर्न पाउँदा बैंक हर्षित भएको बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्