Logo २४ जेष्ठ २०८३, आइतबार | Mon Jun 8 2026


बजेटको भण्डाफोर गर्न अध्यक्ष ओलीको निर्देशन


2.3k
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पार्टी संसदीय दलका नेता केपी शर्मा ओलीले सरकारले अनुचित ढंगले आगामी आर्थिक वर्षको बजेट ल्याएको भन्दै त्यसलाई जनताको बीचमा भण्डाफोर गर्न पार्टीका सांसदहरुलाई निर्देशन दिनुभएको छ ।

सोमबार संसद भवन नयाँ बानेश्वारमा बसेको पार्टी संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले बजेट अनुचित, विना सिद्धान्त र प्राथमिकताको आधारमा आएकाले जनताको बीचमा भण्डाफोर गर्न निर्देशन दिएका एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो ।

एमालेले बजेट चुनावमा भोट माग्ने किसिमले आएकाले मुलुकको अर्थतन्त्रको यथार्थलाई सम्बोधन गर्न नचाहेको निष्कर्ष समेत निकालेको छ ।

बैठकमा अध्यक्ष ओली, पूर्व अर्थमन्त्रीहरु विष्णु पौडेल, सुरेन्द्र पाण्डे, डा. युवराज खतिवडाले बजेटबारे सांसदहरुलाई प्रशिक्षण दिनुभएको थियो ।