२४ श्रावण २०८२, शनिबार | Sat Aug 9 2025


जनकपुरमा रगतको अभाव, स्वेच्छिक रक्तदानका लागि आग्रह


0
Shares

जनकपुर । लकडाउनका कारण जनकपुरधामस्थित नेपाल रेडक्रस सोसाइटी धनुषाको ब्लड बैंकमा रगतको अभाव भएको छ ।

रगतको अभाव भएपछि नेपाल रेडक्रस सोसाइटीले स्वेच्छिक रक्तदानका लागि आग्रह गरेको छ ।

लकडाउन भएपनि रक्तदान समेत ठप्प भइ रगतको आभाव हुन गएको नेपाल रेडक्रस सोसाइटी धनुषाका अध्यक्ष नरेशप्रसाद सिंहले जानकारी दिए ।

उनले तत्काल रक्तदानका लागि अभियान सञ्चालन नगरिए त्यहाँ रगतको चरम अभाव हुन सक्ने चिन्ता समेत व्यक्त गरेका छन् ।

नेपाल रेडक्रस सोसाइटी धनुषाबाट महोत्तरी, सर्लाही, सिन्धुली, सिरहालगायतका जिल्लाहरुमा रहेको अस्पताल, स्वास्थ्य संस्था तथा नर्सिङ्ग होमहरुमा रगतको आपूर्ति हुँदै आएको छ ।

त्यस्तै भारतको विहारस्थित मधुवनी र सितामढीका अस्पतालहरुमा समेत रगतको आपूर्ति हुने गरेको छ ।