२६ जेष्ठ २०८२, सोमबार | Mon Jun 9 2025


भारतीय महिला कौरद्वारा एकै सिजनमा ८ हजार मिटर अग्ला पाँच शिखर आरोहण


169
Shares

काठमाडौं । भारतीय महिला बलजीत कौरले एकै सिजनमा ८ हजार मिटर अग्ला पाँच शिखर आरोहण गरेकी छन् ।

नेपालमा रहेका ८ हजार मिटर अग्ला ५ वटा शिखर एकै सिजनमा आरोहण गर्ने कौर पहिलो भारतीय हुन् ।

कौरले शनिबार बिहान ७ बजे मकालु हिमालको सफल आरोहण गरेसँगै एकै सिजनमा पाँचवटा शिखर आरोहणको रेकर्ड कायम गरेकी छन् ।

कौरले यसअघि अन्नपूर्ण प्रथम (८०९१), कञ्चनजङ्घा (८५८६), सगरमाथा (८८४८.८६) र ल्होत्से (८५१६) हिमाल आरोहण गरेको पीक प्रमोशन, नेपालले जनाएको छ ।

कौर नेपाली पर्वतारोही मिङ्मा शेर्पासँग लगातार पाँचवटा शिखर आरोहण गरेकी हुन् ।