३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025


लकडाउनका कारण तरकारी बारीमै सुक्न थाले, किसानलाई घर खर्च टार्नै समस्या


0
Shares

-राजन समीप /ईमेज 

भोजपुर । लकडाउनका कारण स्थानीय तरकारीले बजार नपाएपछि किसान चिन्तित भएका छन् ।

ढुवानी गर्ने साधनको अभाव र सानो बजार क्षेत्र भएकाले व्यावसायिक तरकारी खेती गर्ने किसानको तरकारी बिक्रीमा समस्या आएको हो ।

कोरोना संक्रमणबाट कम प्रभावित पहाडी जिल्ला भोजपुरका हाटबजार बन्द हुँदा यहाँ उत्पादित तरकारी खेतबारीमै सुक्न थालेका छन् ।

साप्ताहिक लाग्ने हाट र अन्य स–साना बजार बन्द भएपछि यहाँका किसानहरु मारमा परेका हुन् ।

उत्पादित वस्तुलाई बजारसम्म पु¥याउने माध्यमसमेत नहुँदा यहाँका किसानहरुलाई घर गर्जो टार्नसमेत समस्या परेको छ ।

व्यावसायिक रूपमा लगाएको तरकारी बाली सदरमुकाम लगायतका स्थानमा ढुवानी गर्न नपाँउदा किसानले लगाएको तरकारी त्यसै खेर गएको छ ।

बजार बन्द भएपछि काउली, बन्दा, आलु, साग, टमाटर लगायतका तरकारीबालीहरु बारीमै कुहिएको देखिन्छ ।

तरकारी बाहिर निकाल्ने खेतीपातीको यो सिजनमा लकडाउन भएपछि कामदार, विउविजन ल्याउन नसकिएको स्थानीय सरोकारवालाको गुनासो छ ।

आम्दानीको मुख्य स्रोत नै तरकारी खेती गर्ने किसानका लागि लकडाउन काउसो बनेको छ ।

बिक्री नभएपछि सस्तोमा दिनुपर्ने र पशुचौपायालाई खुवाउनु पर्ने किसानहरुले बताएका छन् ।

उत्पादन धेरै  हुने र माग थोरै भएपछि व्यावसायिक रूपमा तरकारी खेती गर्ने किसानहरु समस्यामा परेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।