
कञ्चनपुर । महाकाली अञ्चल अस्पतालले खरिद गरेका स्वास्थ्य उपकरण गुणस्तरहीन पाइएको छ ।
अस्पतालले कोडिभ–१९ रोकथामका लागि आइसीयू सञ्चालन गर्न भेन्टिलेटरसहितका चार उपकरण खरिद गरेको थियो ।
जसमा आपूर्तिकर्ता फर्मले नयाँ भेन्टिलेटरका नाममा पुरानो, खिया लागेको तथा प्रयोग भईसकेको उपकरण पठाएको अस्पतालले जनाएको छ ।
आपूर्तिकर्ताले पठाएका उपकरण शंकास्पद रहेकाले तत्काल टेण्डर रद्द गरि पुरानो तथा प्रयोग भएको प्रमाणित भए सो कम्पनीलाई कालो सूचीमा राख्न सरकारलाई आग्रह गर्नेे अस्पतालले जनाएको छ ।
उक्त भेन्टिलेटर अन्यत्र प्रयोग भईसकेको पाईए पछि अस्पताल विकास समितिले समेत छानविन शुरु गरेको छ ।
प्रतिक्रिया दिनुहोस्