Logo ३१ भाद्र २०८२, मंगलबार | Tue Sep 16 2025


कोरोना कोषमा ‘आइक्यान’को एक करोड सहयोग


0
Shares

काठमाडौं, वैशाख २ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एक करोड रुपैयाँ उपलब्ध गराएको छ ।

सो रकमको चेक मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिए ।

आगामी आर्थिक वर्षसम्मको वैदेशिक भ्रमणसहित नियन्त्रण गर्न सकिने अन्य खर्चहरु कटौती गर्ने निर्णयसमेत गरेको संस्थाले जनाएको छ ।