२४ श्रावण २०८२, शनिबार | Sat Aug 9 2025


सेती अस्पतालमा अनिश्चितकालका लागि प्रसूति सेवा बन्द


0
Shares

कैलाली, वैशाख २ । सेती प्रादेशिक अस्पतालमा बुधबार (भोलि)देखि अनिश्चितकालका लागि प्रसूति सेवा बन्द हुने भएको छ ।

मंगलबार प्रादेशिक अस्पतालले सूचना जारी गर्दै बुधबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि प्रसूति सेवा बन्द हुने जानकारी दिएको हो ।

प्रदेश सरकारले धनगढीस्थित सेती अस्पताललाई कोरोना विशेष अस्पताल घोषणा गरिसकेको र संक्रमितको उपचारका लागि थप शय्या आवश्यक रहेकाले प्रसूति सेवा बन्द गरिएको अस्पतालद्वारा जारी सूचनामा जनाइएको छ ।

यो अवधिमा आमा सुरक्षा कार्यक्रम लागू भएको धनगढीकै नवजीवन अस्पतालबाट सेवा लिनसमेत आग्रह गरिएको छ ।