
काठमाडौं, वैशाख २ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाले कोरोनाको परीक्षण पद्धतिबारे विस्तृत जानकारी गराएकी छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित ‘मिडिया ब्रिफिङ’मा मंगलबार निर्देशक डा. झाले ‘र्यापिड डाइग्नोस्टिक किट’ र ‘पीसीआर’ दुवै प्रविधिबाट कोरोनाको परीक्षण कसरी हुन्छ भन्ने विषयमा जानकारी दिइन् ।
भाइरसले संक्रमण गर्दा मानव शरीरमा उक्त भाइरससँग लड्न ‘एन्टीबडी’ उत्पादन हुन्छ ।
र्यापिड टेस्टमा शरीरमा एन्टीबडी रहे/नरहेको परीक्षण गरिन्छ । पीसीआरबाट भने शरीरमा भाइरसको ‘जीन’ रहे/नरहेको हेरिन्छ । यसका लागि बढी समय लाग्छ ।
१५ मिनेटमा गर्न सकिने र्यापिड टेस्टमार्फत् एन्टीबडी छ/छैन पत्ता लाग्छ । एन्टीबडी देखिनुको मतलब कुनै समय भाइरसले आक्रमण गरेको पुष्टि हुने र पीसीआरबाट अहिले भाइरसको जीन रहे/नरहेको पत्ता लाग्ने डा. झाले प्रस्ट्याइन् ।
भिडियो हेर्नोस्
प्रतिक्रिया दिनुहोस्