२४ श्रावण २०८२, शनिबार | Sat Aug 9 2025


पश्चिम नवलपरासीका ‘क्वारेन्टाइन’मा बसेकालाई परीक्षण गरेर घर पठाइँदै


0
Shares

नवलपरासी, वैशाख २ । पश्चिम नवलपरासीका ‘क्वारेन्टाइन’मा बसेकाहरुलाई कोरोना संक्रमणको परीक्षण गरेर घर पठाउन थालिएको छ ।

क्वारेन्टाइनमा बसेकामध्ये ४६ जनाको ‘र्‍यापिड डाइग्नोस्टिक टेस्ट किट’बाट परीक्षण गरी घर पठाइएको स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले जानकारी दिए ।

क्वारेन्टाइनमा १४ दिन पूरा गरेकाहरुलाई कोरोना ‘रिपोर्ट नेगेटिभ’ आएपछि घर पठाइएको हो ।

परीक्षणपछि पठाइएकाहरु सबैलाई सात दिन अनिवार्य घरकै क्वारेन्टाइनमा बस्न निर्देशन दिइएको छ ।

कोरोना परीक्षणपछि पठाइएकाहरु घरमा बसे/नबसेकोबारे निगरानी गर्न सम्बन्धित वडाका स्वास्थ्यकर्मी, पालिकाहरुका जनप्रतिनिधि र सुरक्षाकर्मीहरुलाई निर्देशन दिइएको छ ।