२४ श्रावण २०८२, शनिबार | Sat Aug 9 2025


कञ्चनपुरमा ६०४ जनाको नमुना परीक्षण, ४४७ को ‘रिपोर्ट नेगेटिभ’


0
Shares

कन्चनपुर, वैशाख २ । कोरोनाको आशंकामा कञ्चनपुरमा ६०४ जनाको नमुना परीक्षण गरिएको छ ।

भारत तथा तेस्रो मुलुकबाट आएका र सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीसहित ६०४ जनाको नमुना परीक्षण गरिएको हो ।

नमुना संकलन गरिएकामध्ये यसअघि नै संक्रमित भएका बेदकोट नगरपालिकाका एक युवकको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।

नमुना संकलन गरिएकामध्ये ४४७ जनाको ‘रिपोर्ट नेगेटिभ’ आएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यस्तै, महेन्द्रनगरस्थित बैजनाथ माध्यमिक विद्यालयमा ‘क्वारेन्टाइन’मा रहेका ७६ जना र महाकाली अस्पतालबाट नमुना संकलन गरिएका ८० जना गरी १५६ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।

कार्यालयकाअनुसार ४०७ जनाको ‘र्‍यापिड टेस्ट’ गरिएको थियो भने नेपाली सेनाले २३ जनाको नमुना संकलन गरेको थियो ।

त्यस्तै, ९८ जनाको महाकाली अस्पतालमा र ७६ जनाको जनस्वास्थ्य प्रयोगशालाबाट खटिएका तालिमप्राप्त स्वास्थ्यकर्मीले नमुना संकलन गरेका थिए ।