Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


भारतको बढ्नी र शोहरतगढ स्थित क्वारेन्टाइनमा दुई बच्चासहित सयौं नेपाली


0
Shares

कपिलबस्तु । नेपाल प्रवेशमा रोक लागेपछि कपिलवस्तुसँग जोडिएको सिमानाकामा सयौ नेपालीहरू भारतको क्वारेन्टाइनमा बस्दै आएका छन् ।

कोरोना भाइरसको संक्रमण रोक्न नेपाल सरकारले घोषणा गरेको लकडाउनका कारण सीमापारी भारतीय बजार बढ्नी, शोहरतगढमा रोकिएका नेपालीहरु क्वारेन्टाइनमा बसेका हुन् ।

बढनीको गान्धी आदर्श माध्यमिक विद्यालयमा दुई महिला र दुई बच्चाहरु रहेका छन् । बढ्नी ब्लकअन्तर्गत विभिन्न विद्यालयहरुमा त्यहाँको स्थानीय प्रशासनले क्वारेन्टाइन स्थापना गरेको छ ।

भारतको विभिन्न शहरहरुबाट नेपाल फर्कन लागेका ३० जना नेपालीलाई बढनी र तुलसियापुरमा राखिएको छ ।

उनीहरुलाई बस्न, खान, नियमित स्वास्थ्य चेकजाँचलगायतको सुविधा उपलब्ध गराइएको छ ।

भारतीय शहरबाट फकर्ने नेपालरूका लागि भारतीय प्रशासनले यातायातको व्यवस्था गरी सीमासम्म पुर्‍याएको थियो ।

नेपालका दांग, प्युठान, गुल्मी, कपिलवस्तुलगायतका ठाउँका ती नेपालीहरुका लागि क्वारेन्टाइनमा खाट, बिछ्र्यौना, ओढ्ने र झुलका साथै बिहान बेलुका खाना र खाजाकोसमेत प्रबन्ध रहेको उनीहरुले बताएका छन् ।

बढ्नी ब्लकलगायत सरकारी अस्पतालका डाक्टरहरुको टिमले हरेक दोस्रो दिन उनीहरुको स्वास्थ्य चेक जाँच गरिरहेको छ ।