७ श्रावण २०८२, बुधबार | Wed Jul 23 2025


प्रहरी हत्या अभियोग लागेका राज्यमन्त्री अभिराम शर्माद्वारा आत्मसमर्पण


0
Shares

महोत्तरी । मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असईको हत्या अभियोग लागेका प्रदेश २ का फरार राज्यमन्त्री अभिराम शर्मा अदालतमा हाजिर भएका छन् ।

उच्च अदालत जनकपुरको आदेश अनुसार प्रहरी हत्याका अभियुक्त प्रदेश २ का राज्यमन्त्री अभिराम शर्माले आज जिल्ला अदालत महोत्तरीमा आत्मसमर्पण गरेका छन् ।

अघिल्लो मंगलबार अदालतले आदेश गरेको भएपनि प्रहरीले उनलाई पक्राउ गरेको थिएन ।

उनी बिहान ११ बजेतिर राज्यमन्त्रीको हैसियतमा प्राप्त सुरक्षाकर्मीका साथ अदालतमा उपस्थित भएका हुन् ।

राज्यमन्त्री शर्मा र जलेश्वर नगरपालिकाका मेयर रामशंकर मिश्रलाई पक्राउ गर्न उच्च अदालतले प्रहरीका नाममा परमादेश जारी गरेको थियो ।

मिश्र अझै पक्राउ परेका छैनन् । राज्यमन्त्री शर्माको १ नं। इजलासमा बयान लिने काम भइरहेको छ । उनको मुद्दामा सोमबारै बहस हुने जनाइएको छ ।

राज्यमन्त्री शर्मा र मेयर मिश्र राष्ट्रिय जनता पार्टी ९राजपा० बाट निर्वाचित भएका हुन् ।

तेस्रो मधेस आन्दोलन चलिरहँदा महोत्तरीमा कार्यरत सशस्त्र प्रहरीका असई थमन विकको २०७२ भदौ २५ गते हत्या भएको थियो ।

आन्दोलनकारीको आक्रमणमा परेर गम्भीर घाइते विकलाई उपचारका लागि जनकपुर ल्याउने क्रममा एम्बुलेन्सबाट थुतेर हत्या गरिएको थियो ।