
फाइल तस्बिर
काठमाडौं । सुन्दरी प्रतियोगिताका नाममा सहभागी युवतीमाथि यौन हिंसा‚ शोषण तथा बलात्कारको आरोप लागेका मनोज पाण्डेलाई प्रहरीले पक्राउ गरेपछि (आज) सोमबार अदालतमा पेश गर्न लागेको छ ।
८ वर्षअघि सौन्दर्य प्रतियोगितामा भाग लिएकी एक युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले आयोजक मनोज पाण्डेलाई यहि जेठ ७ गते शनिबार स्वयम्भुबाट पक्राउ गरेको थियो ।
मानव बेचबिखन तथा ओसारपसार कानूनमा हदम्यादको व्यवस्था नभएकाले उक्त कानून अन्तर्गत कारबाही गर्नका लागि पाण्डेलाई अदालतमा पेश गरिने भएकाे हाे ।
प्रतियोगिता सकिएपछि आयोजित ‘सक्सेस पार्टी’ मनाउँन भन्दै पाण्डेले काठमाडौंको एभरेस्ट होटलमा आफूलाई बन्धक बनाएर बलात्कार गरेको पीडित युवतीले गत बुधबार टिकटक मार्फत जानकारी गराएकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्