२४ श्रावण २०८२, शनिबार | Sat Aug 9 2025


रसुवामा ‘र्‍यापिड डाइग्नोस्टिक टेस्ट किट’बाट कोरोनाको परीक्षण सुरु


0
Shares

रसुवा, वैशाख १ । रसुवामा ‘र्‍यापिड डाइग्नोस्टिक टेस्ट किट’बाट कोरोनाभाइरसको संक्रमण परीक्षण सुरु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले किट पठाएपछि रसुवा जिल्ला अस्पताल तथा जिबजिबेस्थित जिबजिबे ग्रामीण अस्पताल भवनमा परीक्षण सुरु गरिएको हो ।

आइतबार सातजनाको परीक्षण गरिएकोमा सबैको ‘रिपोर्ट निगेटिभ’ पाइएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. अभुकुमार यादवले जानकारी दिए ।

यस्तै, रसुवा जिल्ला अस्पातलमा एकजनाको परीक्षण गरिएकोमा उनको पनि रिपोर्ट निगेटिभ आएको छ ।

रसुवामा ‘सेल्फ क्वारेन्टाइन’मा बसेकहरूलाई पनि र्‍यापिड डाइग्नोस्टिक टेस्ट किटबाट कोरोनाको संक्रमण परीक्षण गर्ने तयारी गरिएको हो ।