
रौतहट । रौतहटको चन्द्रपुर–६ मा क्वारेन्टाइनमा बस्दै आएका ३२ जनालाई घर पठाइएको छ ।
क्वारेन्टाईनमा राखिएका ५८ जना मध्ये ४६ जनाको स्वाव परीक्षण गर्दा रिर्पोट नेगेटिभ आएको थियो ।
उनीहरु १४ दिन भन्दा बढी समयदेखि क्वारेन्टाइनमा बस्दै आएका थिए ।
अन्य एकसय १७ जनाको पनि स्वाव परीक्षणका लागि पठाइएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।
रौतहटको विभिन्न २६ स्थानमा ८ सय ३६ वेडको क्वारेन्टाइन र २५ बेडको आइसोलेसन कक्ष निर्माण गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्