
बागलुङ, चैत २९ । कोरोनाको दुई संक्रमित पुष्टि भएसँगै उच्च जोखिममा रहेको बागलुङमा शनिबार ३९७ जनाको ‘र्यापिड टेस्ट’ गरिएको छ । उनीहरु सबैको ‘रिपोर्ट नेगेटिभ’ आएको छ ।
स्वास्थ्य प्राविधिक टोलीले बागलुङ नगरपालिका, निसीखोला गाउँपालिका, बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकामा टेस्ट गरेको हो ।
जिल्लाभरमा कोरोना संक्रमितसँग सम्पर्क भएका र विदेशबाट आएकाहरु गरेर ९३८ जनाको र्यापिड टेस्ट गरिने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्