२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


विश्वव्यापी रुपमा खाद्य संकट हुन सक्ने राष्ट्रसंघको चेतावनी


351
Shares

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एंटोनियो गुटेरेसले रुस र युक्रेनबीच भएकाे युद्धका कारण विश्वव्यापी रुपमा खाद्य संकट आउन सक्ने चेतावनी दिनुभएको छ ।

रुस र युक्रेनबीच भएकाे युद्धका कारण विश्वव्यापी मंहगी बढेका बेला गुटेरेसले खाद्यान्न संकट पनि निम्तिन सक्ने चेतावनी दिनुभएको हो। त्यसको प्रत्यक्षमा मारमा गरीब देशहरु पर्ने र दशौं लाख मानिसले ठूलो भोकमरीको सामना गर्नुपर्ने हुनसक्ने पनि महासचिव गुटेरेसले बताउनुभएको छ । खाद्यान्न संकट आउनसक्ने पूर्वानुमानका कारण भारतले गहुँ निर्यातमा प्रतिबन्ध लगाएकाले पनि विश्वमा खाद्यान्न संकट आउन सक्ने अनुमान गरिएको हो ।

भारतले गहुँ निर्यातमा प्रतिबन्ध लगाउँदा विश्वमा खाद्य संकटलाई थप बल पुर्याउने छ भने विशेष गरी बेकरी उद्योगहरु संकटमा पर्ने छन्। महासचिव गुटेरेसले तत्काल योजनावद्ध कदम चाल्ने हो भने खाद्य संकट टार्न सकिने पनि बताउनुभएको छ । युद्धले क्षत विक्षत बनेको युक्रेनसँग गत वर्षको २० लाख टन खाद्यान्न मौज्दात रहेको उहाँले बताउनुभएकाे हाे ।

विश्वसँग अहिले पनि पर्याप्त खाद्यान्न रहेपनि त्यसको उचित ब्यवस्थापन नहुने हो भने संकट आउने संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बताउनुभएकाे छ ।