Logo ७ असार २०८३, आइतबार | Mon Jun 22 2026


भारतमा बाढीका कारण करिब एक दर्जन मानिसको मृत्यु, लाखौं मानिस प्रभावित


221
Shares

काठमाडौं । भारतका पूवोत्तर राज्यहरुमा भीषण वर्षापछि आएको बाढी र पहिरोले ब्यापक रुपमा जनधनको क्षति गरेको छ ।

आसाम राज्यमा मात्रै कम्तिमा एक दर्जनको मानिसकाे मृत्यु भएको छ भने लाखौं मासिन बाढीबाट प्रभावित भएका छन् । राज्यका ३४ वटा जिल्ला मध्ये २७ वटामा बाढी पहिरोले क्षति पुर्याएको छ । प्रभावित क्षेत्रका १४ सय बढी गाउँमा ८ हजार बढी घरहरु भत्किएका छन् भने साढे ६ लाख मानिस घरबार बिहीन बनेका छन् ।

राजमार्ग तथा रेलमार्गहरुमा पनि बाढी र पहिरोले ब्यापक क्षति पुर्याएको छ । जसका कारण यातायात अवरुद्ध भएको छ भने यातायात रोकिंदा कतिपय क्षेत्रमा अत्यावश्यक सामाग्रीको ढुवानी पनि रोकिएको छ। मनसुन सुरु नहुँदै भएको भीषण बर्षापछि आएको बाढी पहिरोले त्रिपुरा र मिजोरममा पनि क्षति पुर्याएको छ ।

बाढी पहिरो प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि सेना परिचालन गरिएको छ। सेनाले थप क्षति हुन नदिन लाखौं मानिसलाई सुरक्षित स्थानतिर सारिरहेका छन् भने घरबारविहिन अवस्थामा पुगेकाहरुलाई राहत उपलब्ध गराउन थालेको छ।

बाढी पहिरोबाट भएको आर्थिक क्षतिको भने विवरण आएको छैन् ।