
उदयपुर, चैत २८ । उदयपुरको जिल्ला अस्पताललाई कोरोनाभाइरस उपचार अस्पताल बनाउने निर्णय गरिएपनि रकम अभावले काम अगाडि बढ्न सकेको छैन ।
सरकारले तत्काल एक करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेपनि रकम निकासा नहुँदा काम रोकिएको छ ।
अर्थ मन्त्रालयले अहिलेसम्म अख्तियारी नपठाएकाले काम अघि नबढेको अस्पताल स्रोतले बताएको छ ।
रकमको अभावले कोरोनाको उपचारको लागि आवश्यक पर्ने उपकरण तथा औषधि खरिद तथा जडान गर्न सकिएको छैन ।
उपकरण ल्याउन सार्वजनिक खरिद नियमावलीअनुसार प्रक्रिया अगाडि बढाउनुपर्ने भएकाले ढिलो हुने उदयपुर जिल्ला अस्पतालका प्रमुख डा. जीपनारायण मण्डलले बताए ।
उदयपुरमा ७२ जनालाई ‘क्वारेन्टाइन’मा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस्