२४ श्रावण २०८२, शनिबार | Sat Aug 9 2025


१० हजार लिटर सेनिटाइजर स्वास्थ्यमन्त्रीलाई


0
Shares

काठमाडौं, चैत २८ । सरकारलाई सुमिफर्मास्युटिकलले १० हजार लिटर सेनिटाइजर हस्तान्तरण गरेको छ ।

शुक्रबार यहाँ आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकाललाई उक्त कम्पनीका प्रोपाइटार तथा प्रतिनिधि सभाका सदस्य कर्मा घलेले सो परिणाममा सेनिटाइजर हस्तान्तरण गरे ।

सो अवसरमा मन्त्री ढकालले उक्त सेनिटाइजर सङ्घीय सरकारलाई तीन हजार लिटर र सात प्रदेशलाई एक हजार लिटरका दरले वितरण गर्ने जानकारी गराए ।

उक्त सेनिटाइजर करिब रु एक करोड मूल्यबराबरको रहेको छ । मन्त्री ढकालले सेनिटाइजर अभाव भइरहेको बेला उपलब्ध गराएर सरकारलाई सहयोग गरेको भन्दै सहयोगका लागि धन्यवाद दिए ।

सांसद घलेले कोरोनाको महामारीबाट बच्नका लागि सरकारलाई सेनिटाइजर उपलब्ध गराएको बताए ।

औषधि व्यवस्था विभागबाट उत्पादन शुरु गर्ने अनुमति पाएपछि फर्मास्युटिकलले गत सोमबारबाट नवलपुरको कारखानाबाट सेनिटाइजर उत्पादन शुरु गरेका हो । रासस