
सोलुखुम्बु, चैत २८ । सोलुखुम्बुको फाप्लु अस्पतालमा पाँच महिनापछि शल्यक्रिया सेवा सुचारु भएको छ ।
चिकित्सकको अभावमा बन्द रहेको शल्यक्रिया सेवा सुरु गरिएको अस्पताल प्रशासनले जनाएको छ ।
कर्मचारी समायोजनका कारण बन्द भएको अस्पतालको सेवा नयाँ चिकित्सक आएपछि सुचारु गरिएको अस्पतालका निमित्त प्रमुख सानी शेर्पाले जानकारी दिइन् ।
सेवा बन्द हुँदा शल्यक्रिया गर्नुपर्ने बिरामी तथा गर्भवती महिलाहरुलाई ओखलढुंगाको मिसन अस्पताल जानुपर्ने बाध्यता थियो ।
प्रतिक्रिया दिनुहोस्