२४ श्रावण २०८२, शनिबार | Sat Aug 9 2025


राष्ट्रिय आविष्कार केन्द्रद्वारा १४५ अस्पताललाई ‘पीपीई’ वितरण


0
Shares

काठमाडौं, चैत २८ । राष्ट्रिय आविष्कार केन्द्रले १४५ ओटा अस्पतालहरुलाई चिकित्सकले प्रयोग गर्ने व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) वितरण गरेको जनाएको छ ।

केन्द्रले सातै प्रदेशका ४८ जिल्लाका सरकारी अस्पताल, निजी अस्पताल, हेल्थपोस्ट र ‘क्वारेन्टाइन’स्थलमा दुई हजार २५० थान पीपीई उपलब्ध गराएको जनाएको हो ।

यस्तै, १८५ जना एम्बुलेन्स चालकहरुलाई समेत पीपीई वितरण गरेको भन्दै केन्द्रले ‘इमरजेन्सी रेस्क्यु’मा काम गर्ने सुरक्षाकर्मीलाई समेत पीपीई उपलब्ध गराएको जनाएको छ ।

यस्तै, कोरोनाका बिरामीमात्र जाँच्ने बुथ सातओटा अस्पताललाई वितरण गरेको केन्द्रका अध्यक्ष महावीर पुनले जानकारी दिए ।

कोरोनाको आशंका गरिएका बिरामीहरुको परीक्षण गर्दा चिकित्सकलाई सुरक्षित राख्न थप बुथ बनाइँदै गरेको उनको भनाइ छ ।